नियम १५३
तालीम लिनु अनिवार्य हुने
: (१) प्रहरी सेवामा रहेका सबै प्रहरी कर्मचारीहरूले आवश्यकता अनुसार तालीम लिन अनिवार्य हुनेछ । यस्तो तालीममा सम्मिलित गराइएको प्रहरी कर्मचारीहरूले लापरवाही गरी आफ्नो व्यावसायिक ज्ञानप्रति उदासिनता तथा गैरजिम्मेवारी देखिएमा सो व्यहोरा अभिलेखमा जनाइनेछ ।
(२) व्यावसायिक तालीम हासिल गर्न उदासिनता तथा गैरजिम्मेवारी देखिएको व्यहोरा अभिलेखमा जनाई सकेपछि निजहरूलाई पुन एकपटक तालीमको मौका दिइनेछ । यसरी मौका दिँदा समेत उदासिनता र गैर जिम्मेवारी देखाउने प्रशिक्षार्थीलाई प्रहरी नियमावली बमोजिम विभागीय कारबाही गर्न सकिनेछ ।